
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको वास्तविक अवस्था सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले यो प्रकरणमा सरकारले हालसम्म गरेको काम कारबाहीबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको हो ।
यस्तो जघन्य अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नमिल्ने बताउनु हुँदै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी, राज्यबिरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्तेसम्बन्धीको अपराध रहेको भन्दै संलग्नलाई कुनै पनि हालतमा छुट दिनु नहुने बताउनुभयो ।
उहाँले सरकारले अनुसन्धानलाई कमजोर बनाउने र छानबिनलाई प्रभावित पार्नु नहुने बताउनुभयो ।
त्यसअघि राप्रपाले समसामयिक विषयमा बोल्न माग गर्दै बैठकमा अवरोध पुर्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्