
काठमाडौं । अभिनेत्री श्रद्धा प्रसाईंले कमेडियन विक्की अग्रवालसँग विवाह गरेकी छन् ।
गत मंसिरमा इन्गेजमेन्ट गरेका विक्की र श्रद्धाले बुधबार आर्मी अफिसर्स क्लबमा विवाह गरेका हुन् । उनीहरूको विवाहमा परिवार, आफन्त र निकट कलाकर्मी मात्र सहभागी भएका छन् ।
विक्की कमेडी च्याम्पियनका फस्ट रनरअप हुन् भने श्रद्धा निर्देशकीय टिममा थिइन् । श्रद्धाले ‘दर्पणछाया २’ बाट फिल्मबाट करिअर थालेकी थिइन् । ‘प्रेमगीत २’ उनको पछिल्लो फिल्म हो ।
कमेडी च्याम्पियनको बेलादेखि नै प्रेममा रहेका उनीहरूले कमेडी शो ‘मा कसम यहाँ दुख्छ’ मा सहकार्य गरेका थिए।
प्रतिक्रिया दिनुहोस्