२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राजनीतिज्ञ राघवसँग अभिनेत्री परिणितीको इन्गेजमेन्ट पक्का


1.729k
Shares

एजेन्सी । भारतीय राजनीतिज्ञ राघव चड्डासँग अभिनेत्री परिणिती चोपडाको मे १३ मा इन्गेजमेन्ट पक्का भएको छ ।

आम आदमी पार्टीका राज्यसभा सांसद राघव र परिणिती चोपडाले नयाँ दिल्लीमा इन्गेजमेन्ट गर्ने भएका हुन ।

भारतीय सञ्चार माध्यमका अनुसार इन्गेजमेन्ट कार्यक्रममा राघव र परिणितीका परिवारका सदस्य र नजिकका आफन्तहरुको मात्रै उपस्थिति रहनेछ ।

आफ्नो सम्बन्धलाई अझै औपचारिक रूपमा सार्वजनिक नगरे पनि उनीहरु विवाहको तयारीमा एकसाथ देखिएका छन् । यसअघि उनीहरूले गत महिना अप्रिल १० मा इन्गेजमेन्ट गर्ने तयारी गरेका थिए । तर, त्यो बेला इन्गेजमेन्ट हुन सकेन् र उक्त इन्गेजमेन्ट १३ मे मा सारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

परिणिती अभिनित पछिल्लो फिल्म ‘उचाई’ले व्यवसायिक रुपमा राम्रो कमाई गरेको थियो । उक्त फिल्मको नेपालमा छायांकन गरिएको थियो ।