१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्छ : प्रधानमन्त्री दाहाल


234
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको पनि बताउनुभयो । उहाँले देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले वर्तमान अवस्थामा पनि जटिलताहरु धेरै रहेको उल्लेख गर्दै इमान्दार कम्युनिष्टहरुको आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र समृद्धिका लागि अघि बढेको बताउनुभयो ।