
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।
काठमाडौं प्रहरी परिसरबाट खाँणलाई म्याद थपका लागि अदालत लगिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रहरीले पूर्वगृहमन्त्री खाँण तत्कालिन गृह सचिव टेकनारायण पाण्डेसहित १२ जनालाई पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्