
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरुको सम्पति छानबिन हुनुपर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आफूले धेरै पटक पार्टीको केन्द्रिय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरुको सम्पती छानबिन हुनुपर्ने बताउनुभयो ।
उहाँले विकृति, विसंगति, बेथितिले नेताहरुको अनुहार लत्पतिएको भन्दै सबै ठूला नेताहरुको सम्पती छानबिन गर्नुपर्ने बताउनु भयो । उहाँले देश रुपान्तरणका लागि पहिला आफैँ रुपान्तरण हुन जरुरी रहेको बताउनुभयो ।
मन्त्री गुरुङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताकासाथ भ्रष्टाचारीमाथि कारबाही नभएसम्म भ्रष्टाचार चलिरहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्