
काठमाडौं । ठूला तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका शक्तिशाली नेताहरु प्रकाउ पर्न थालेको अवस्थामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बैठक सुरु भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण आज बिहान आफ्नो निवासबाटै पक्राउ परेका थिए ।
यो प्रकरणमा मुछिएका एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका छन् । रायमाझीलाई बुधबार दिउँसो पार्टीले निलम्बन गरेको छ ।
शरणार्थी काण्डमा नेताहरु तानिन थालेपछि दाहाल,देउवा र ओलीबीच निरन्तर भेटघाट भइरहेको छ । नागरिक समाज,राजनीतिक दलका नेता र सांसदहरुले यो प्रकरणमा मुछिएका जो सुबै भएपनि उनीहरुलाई कारवाही गर्न माग गर्दे आएका छन् ।
प्रतिक्रिया दिनुहोस्