२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजार पुनः ऋणात्मक


0
Shares

काठमाडौं । मंगलबार सामान्य अंंकले सकारात्मक रहेको शेयर बजार बुधबार पुनः ऋणात्मक रह्यो ।

निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको बजार मंगलबार १० अंकले सुधारिएकोमा बुधबार पुनः ओरालो लागेको हो ।

तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बढीले ऋणात्मक रही १८ सय ४१ कायम भएर थामियो । बुधबार पनि नेप्से पटक पटक सकारात्मक रहेर पनि अन्तिमसम्म बृद्धि टिक्न सकेन । कारोबार थप खुम्चिएर ६० करोड तलै सीमित रह्यो ।

बुधबार ५ वटा समूह हरियो रहे भने बाँकी समूह ओरालो लागे । अन्य समूहमा सबैभन्दा उच्च करिब १ प्रतिशतको गिरावट आयो । बुधबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६५ कम्पनीको १९ लाख ४२ हजार कित्ता शेयर जम्मा ५९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

बुधबार १ सय १३ कम्पनीको मूल्य घट्दा जम्मा ८८ को बढ्यो । घटेको बजारमा पनि हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशत बढी कमाए ।