१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार ढल्दैन : मन्त्री किराँती


403
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताउनुभएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताउनुभएको हो ।

उहाँले सरकारले भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेको भन्दै यो अभियान नरोकिने स्पष्ट पार्नुभयो । उहाँले भ्रष्टाचार विरुद्धको अभिायानलाई पूर्णबिराम लगाउनेउपर प्रश्न उठ्ने भन्दै सरकारले दुधको दुध पानीको पानी भएर आफ्नो भुमिका देखाउने बताउनुभयो ।

भ्रष्टाचार विरुद्धको अभियानबाट भागेर सरकार ढाल्नु सम्भव नभएको बताउनुभयो ।

मन्त्री किराँतीले पशुपतिमा निःशुल्क शव जलाउने प्रक्रिया अगाडी बढाएको बताउनुभयो ।