
ओखलढुंगा । बजार नपाएपछि ओखलढुंगामा अलैँची खेतीतर्फ नयाँ कृषक आकर्षित हुन सकेका छैनन् ।
ओखलढुंगामा केही वर्षयता करिब ३५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेपनि थप खेती बिस्तार हुन सकेको छैन ।
अलैँची थोरै मात्रामा उत्पादन हुँदा यहाँका कृषकलाई बजारको पहुँचमा पुग्न समस्या भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका कृषि अर्थविज्ञ गणेश अधिकारी खत्रीले बताउनुभयो ।
जिल्लामा करिब २७ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको सरकारी तथ्यांक छ । जिल्लामा अलैँची खेती एक दशक अघिबाट सुरु भएको थियो । सुरुमा उत्साहसाथ खेती थालेका कृषक अहिले बजार नपाउने, रोगकीराले बोट मासिनेलगायतका समस्या भोग्दै आएका छन् ।
बिक्रीमा समस्या भएकै कारण सस्तोमै अलैँची बेच्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्