
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा पाठ्यपुस्तकको सामाजिक परीक्षण सुरु गरिएको छ ।
‘घर घरमा शिक्षा’ नाम गरेको संस्थाले सामुदायिक विद्यालयमा अध्यापन हुने पाठ्यपुस्तकमा भएका सामाग्रीहरुको सामाजिक परीक्षण थालेको हो ।
पाठ्यपुस्तकमा हुने त्रुटिसंगै पाठ्यपुस्तकलाई समय अनुकुल परिमार्जन गर्न जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, नागरिक समाजको संलग्नतामा १२ पुस्तकको सामाजिक परीक्षण थालिएको हो ।
परीक्षणमा कक्षा २, ५, ७, ८, १० र ११ कक्षाका पुस्तक समावेश गरिएको छ । सुरुमा पाठ्यपुस्तकको सामाजिक परीक्षणमा विद्यार्थीले अध्ययन गर्ने नेपाली र सामाजिक विषयमा भएका त्रुटीको अध्ययन गरिने संस्थाका संस्थापक होमराज आचार्यले बताउनुभयो ।
काठमाडौं विश्व विद्यालयका प्राध्यापक, १७ जना सामाजिक व्यक्तित्वसहितको टोलीले पुस्तकको सामाजिक परीक्षण गर्दै आएको आचार्यले बताउनुभयो । अंग्रेजी विषयको भने पछि परीक्षण गरिने बताइएको छ ।
पुस्तक परीक्षणका क्रममा दुवै पुस्तकका पाठ्य सामाग्रीमा परिमार्जन आवश्यक देखिएको पनि बुद्धभुमि नगरपालिका– ४ वडा अध्यक्ष सुशिल चौधरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्