
अर्घाखाँची । अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राहत दिएको छ ।
मंगलबार भुमिकास्थान नगरपालिका– २ तिरतिरे खोलाको जंगलमा लागेको आगो पदम बेल्बासेको घरमा सल्किएपछि आगो निभाउने क्रममा घाइते भएका पिताम्बर वेल्वासे, पदम वेल्वासे ,घनश्याम वेल्वासे र माधव वेल्वासेको उपचारका क्रममा मृत्यु भएको थियो ।
उनीहरुको परिवारलाई राहत स्वरुप प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिइएको प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्