१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने हाम्रो सहमति भएको छ : प्रधानमन्त्री दाहाल


832
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने तीन दलका शिर्ष नेताहरुका बीचमा सहमति भएको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने आफूहरुका बीचमा सहमति भएको बताउनुभएको हो ।

उहाँले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्नेगरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धती अनुसार काम गरिरहेको बताउनुभयो ।

त्यस्तै, सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषि देखिएकाहरुलाई प्रहरीले नछाड्ने बताउनुभयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको बताउनुभयो ।

उहाँले प्रहरीले निर्भिकतापूर्वक र निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अगाडी बढाइरहेको बताउनुभयो ।