१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै नागरिकको दवाव


416
Shares

काठमाडौं । नागरिक अगुवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दवाव आन्दोलन सुरु गरेका छन् ।

बुधबार अपरान्ह काठमाडौंको भद्रकालीमा भेला भएका उनीहरुले ठूला दलका नेता मिलेर सो प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन सक्ने भन्दै त्यसो नगर्न खबरदारी गरेका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले नै धोका दिन सक्ने भएकाले आफूहरुले पनि दवाव आन्दोलन सुरु गर्नु परेको वरिष्ठ चिकित्सक गोविन्द केसीले बताउनुभयो ।

अर्का नागरिक अभियन्ता संजीव उप्रेतीले देशलाई बदनाम हुन नदिन आफूहरु लागिपर्ने चेतावनी समेत दिनुभयो ।

नागरिक अभियन्ताले भ्रष्टाचार र अपराधका नायक ठूला दलका नेताहरु नै भएको आरोप लगाउँदै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन ढिलाई गर्न नहुने बताए । त्यसक्रममा उनीहरुले प्लेकार्डमार्फत सचेत गराएका थिए ।