
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन आगामी असारको ९ देखि ११ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रुपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।
संसदबाट दुई पटक पारित भइसकेको नागरिकता सम्बन्धि विधेयक अविलम्ब पारित गरी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रदेश १ को नामकरणविरुद्ध जारी आन्दोलनमाथि भइरहेको दमन बन्द गरी पनः नामाङ्कनका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्न सरकारलाई आग्रह छ ।
बारा जिल्लाका रामकिशोर यादवलाई राजनीतिक समितिमा मनोनय गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्