
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आज (बिहीबार) देखि सुरू हुँदैछ।
पहिले झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमै बस्ने हाे । बैठक बिहीबार बिहान १० बजेबाट सुरू हुने भएकाे छ । गत मंसिर ४ गते सम्पन्न भएकाे निर्वाचनपछि एमालेको केन्द्रीय समिति पहिलो पटक बस्न लागको हो
एमाले सचिवालयको गत मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेण्डाहरु तय गरेको थियो । बैठकमा निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रम लगायतका १० वटा विषयमा छलफल हुने जनाइएको छ ।
केन्द्रीय समिति बैठक ३ दिनसम्म चल्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्