८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


चेन्नईले दिल्लीलाई हरायो


689
Shares

काठमाडौं । भाररतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

बुधबार राति घरेलु मैदान एमए चितम्बरम स्टेडियममा चेन्नईले दिल्लीलाई २७ रनको हराएको छ ।

जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो ।

दिल्लीका लागि रिलि रोउसोले ३५, मनिश पान्डेले २७, अक्षर पटेलले २१ तथा फिलिप साल्टले १७ रन बनाए ।

चेन्नईका लागि मथिशा पथिरानाले ३ तथा दीपक चहरले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो ।

चेन्नईका लागि शिभम दुवेले २५, ऋतुराज गायकवाडले २४, अम्बादी राइडुले २३, अजिक्या रहाणे र रविन्द्र जडेजाले समान २१/२१ तथा कप्तान महेन्द्रसिंह धोनीले २० रन बनाए ।

दिल्लीका लागि मिचेल मार्शले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।

जितपछि चेन्नईले आईपीएल क्रिकेटको प्ले–अप्mमा पुग्ने सम्भावना बलियो पारेको छ । १२ खेलमा सातौं जित हात पारेको चेन्नई १५ अंकसहित दोस्रो स्थानमा छ । चेन्नईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ । दिल्ली ११ खेलबाट ८ अंकसहित पुछारमा रहेको छ ।