
काठमाडौं । काठमाडौंबाट बिहबिार बिहान भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौं फिर्ता गरिएको छ ।
बिहीबार बिहान साढे ६ बजे उडेको विमान ६ माइल टाढा पुगेपछि ककपिटको दाहिने ढोकामा समस्या देखिएपछि काठमाडौं फर्काएर सकुशल अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।
विमानमा देखिएको समस्या पहिचानका लागि प्राविधिकहरु जुटेको पनि विमानस्थल कार्यालयले जनाएको छ ।
9N-ABT कलसाइन रहेको ट्वीनअर्टर विमानमा १६ जना यात्रु रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्