
काठमाडाैं । दिगो विकास तथा सुशासन समितिको बैठक बिहीबार बस्दैछ ।
बैठक बिहीबार बिहान साढे ११ बजे सिहंदरबारस्थित समितिको हलमा बस्ने भएकाे हाे । बिहीबारको बैठकमा किसानहरुलाई कृषि मल, बीउबिजन समयमा नै उपलब्ध गराउने, कृषिजन्य वस्तुहरुको माग र आपूर्तिको सन्तुलन बजार व्यवस्थापन र मूल्य निर्धारण लगायतका समस्या समाधानका बारेमा छलफल हुने भएकाे छ ।
साथै कृषि अनुदान उखु किसानको समस्या बर्ड फ्लूको प्रकोपको समयमा नष्ट गरिएका कुखुरा र हाँसको क्षतिपूर्ति लगायतका समस्या समाधान सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्