१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु


234
Shares

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–११ जोक्याटोलमा बुधबार साँझ ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सन्तोष चौधरीकी ५ वर्षीया छोरी हन्ना रहेकी छिन् ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि निस्सर्ग अस्पताल धनगढी पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट अम्बिकाटोल कैलालीले जनाएको छ ।