
काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार स्थिर रहेर एक लाख ११ हजार ६ रूपैयाँमै कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँमै कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार १५ रूपैयाँले घटेर १ हजार ४३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्