
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा भएको आर्थिक हिनामिनाकाे बारेमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताउनुभएको छ ।
बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । क्यान्टनमेन्ट काण्डकाे बारेमा अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले बहिर्गमित लडाकुहरुलाई पैसा बाड्ने नाममा फेरी भ्रष्टाचार गर्न लागिएको आरोप लगाउनुभयो ।
उहाँले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने दावी गर्नुभयो । उहाँले माओवादीको सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको बताउनुभयो । उहाँले क्यान्टनमेन्ट काण्डकाे बारेमा अख्तियारले छानविन गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने भन्ने हिसाबले चलखेल भइरहेको आरोप लगाउनुभयो । नेकपा एमालेप्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्