२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सबै मिलेर समाधान गर्नुपर्छ : अध्यक्ष ढकाल


39
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

उहाँले अर्थतन्त्रमा देखिका समस्या र चुनौति सरकार,नियमनकारी निकाय र निजी क्षेत्रको कारण आएको भन्दै सबै एक आपसमा मिलेर समाधान गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले पछिल्लो समय मुलुकमा हुने हरेक घटना बिग्रँदो अर्थतन्त्रसँग जोडिन थालेको बताउनुभयो ।

अध्यक्ष ढकालले आर्थिक संकुचन कोभिड-१९को असरको प्रभावको कारण, रसिया र युक्रेन युद्ध र नियामक निकायले लिएको कसिलो नीतिको कारण आएको दाबी गर्नुभयो । उहाँले वर्तमान अर्थतन्त्रको समस्या र चुनौतिलाई सबै मिलेर असजिलो अवस्थाबाट बाहिर निस्कन आ-आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्रको विषय उद्योगी व्यवसायीहरु सबैले सकारात्मक रुपमा सोच्नुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले व्यवसायी लगायत अन्य कसैले पनि अर्थतन्त्रका विषयमा नकारात्मक सन्देश दिन नहुने बताउनु भयो। उहाँले पछिल्लो समय अर्थतन्त्रका आर्थिक सूचकहरु सकारात्मक रहेको बताउनुभयो । उहाँले राष्ट्र बैंकको निक्षेपको ब्याजदर घटेको ३ महिनामा मात्रै ब्याजदर घट्ने नीतिलाई मंगलबारको निर्देशनले निक्षेपको ब्याजदर घटेपछि तत्काल कर्जाको ब्याजदर घटाउन पाउने व्यवस्थाले बैंकको ब्याजदर घट्ने बताउनुभयो ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउनको लागि सबै मिल्नुपर्ने बताउनुभयो । उहाँले सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर अर्थतन्त्र सुधारको काम गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले सरकारलाई चालु खर्च धान्न पनि मुकिल भइरहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुका उद्योग व्यवसायहरु समेत दरिलो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बीमा कम्पनीहरु मर्ज हुने तर मर्जपछि पनि नयाँ कम्पनीहरु आउने प्रचलन अन्त्य हुनुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय कम्पनीहरुले आइपीओ खोल्ने होड चलेको बताउनुभयो । उहाँले आइपीओ खोल्ने होडलाई व्यवस्थित गर्नको लागि आइपीओ निकाल्ने कम्पनीको ५१/४९ प्रतिशत गरिनुपर्ने बताउनुभयो ।