
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।
बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर उत्पादन वृद्धि नगरेसम्म नेपाल गरिब देशमै रहने बताउनुभयो । उहाँले नेपालको लागि कृषि सदाकालको अर्थतन्त्र भएको बताउनुभयो । उहाँले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय सरकारलाई कृषिको जिम्मा दिइरहँदा कृषि फर्ममा आधारित हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई कृषिको सम्पुर्ण जिम्मा दिइ फर्ममा आधारित कृषि प्रणाली लागू गर्ने हो भने नेपाल एक वर्षमै कृषिमा आत्मनिर्भर बन्ने दाबी गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य गौतमले कृषिको वर्गीकरण गरेर उत्पादन गर्नसकने वर्ष दिनभित्रै नेपाल आत्मनिर्भर बन्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्