६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


तेह्रथमुको पञ्चकन्यामा आगलागी हुँंदा २ जनाको मृत्यु


9.373k
Shares

तेह्रथमु । तेह्रथमुको छथर गाउँपालिका ३ पञ्चकन्यामा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।

बिहीबार अपरान्ह भएको आगलागीमा परी ५० वर्षीया दिलकुमारी भुजेल र उनकी १४ वर्षिय छोरा भुपेन्द्र भुजेलको मुत्यु भएको शुक्रबारे प्रहरीचौकीले जनाएको छ ।

आगो निभाउने क्रममा देवेन्द्र नेवार, प्रकास तामाङ, युवराज श्रेष्ठ र ओम श्रेष्ठ घाइते भएका छन् । घाइते मध्ये नेवारको हात र खुट्टा जलेको छ । उनको अवस्था गम्भीर छ । अन्य ३ जना आगो निभाउने क्रममा निसासिएर बेहोस भएका हुन् ।

घाइतेहरुलाई स्थानीय छथर अस्पतालमा उपचारका लागि पठाईएको प्रहरीले जनाएको छ । स्थानीय गढी सल्लेरी सामुदायिक वनमा लागेको आगो वस्तीमा सल्कींदा मानवीय क्षती भएको हो ।

आगलागीमा परी पुर्व वडाध्यक्ष तुलसीजंग थापाको घर र ग्वाली जलेको छ । घर भन्दा केही तल रहेको बारीमा काम गर्दै गरेका आमाछोराको भाग्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीको थप क्षतीको विवरण प्रहरीले संकलन गरीरहेको छ । आगो निभाउने काममा स्थानीय, जनप्रतिनिधी र प्रहरी खटीएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।