१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आगलागीका कारण ताप्लेजुङमा फोन र इन्टरनेट सेवा प्रभावित


156
Shares

ताप्लेजुङ । आगलागीका कारण फाइवर केवल जलेर क्षति भएपछि ताप्लेजुङमा मोबाइल र इन्टरनेट सेवा प्रभावित भएको छ ।

गएराति फुङलिङ नगरपालिकास्थित ल्याङ्बा क्षेत्रमा भएको आगलागीले इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस्ले जडान गरेको फाइबर केबल जलेपछि मोबाइल फोन र इन्टरनेट दुवै सेवा प्रभावित बनेको हो ।

टेकमाइन्डस्को फाइबर केबल नेपाल टेलिकमले समेत प्रयोग गरिरहेकाले मोबाइल सेवा समेत प्रभावित भएको नेपाल टेलिकम ताप्लेजुङले जनाएको छ ।

आगलागीले करिब ५ सय मिटर फाइबर केबल जलेर नष्ट भएको नव दुर्गा इन्टरनेट सर्भिस प्रालिका सञ्चालक दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।

जलेको तार निकालेर नयाँ तार जडानको कार्य भइरहेको उहाँको भनाइ छ । सेवा अवरुद्ध हुँदा सेवाग्राही भने मारमा परेका छन् ।