५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


देशभरकाे माैसम आज कस्ताे रहला…


182
Shares

काठमाडाैं । देशमा हाल स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

शुक्रबार बिहान देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो भने कोशी, मधेश प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति भने कोशी प्रदेशमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएकाे छ ।