२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


पहिलो लेगमा रोमाद्वारा लिभरकुजेन पराजित


338
Shares

एजेन्सी । युइएफए युरोपा लिग फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा इटालीको ए.एस रोमाले जर्मनीको बायर लिभरकुजेनलाई पराजित गरेको छ ।

शुक्रबार बिहान सकिएको खेलमा रोमाले लिभरकुजेनलाई १–० ले पराजित गरेको हो ।

इटालीको रोममा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडुवार्डो बोभेले ६२ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै रोमाले फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । दोस्रो लेगको खेल अर्को हप्ता जर्मनीमा हुनेछ ।