
काठमाडाैं । मोरङको बूढीगंगा गाउँपालिमा रहेको एउटा उद्योगमा भीषण आगलागी भएको छ ।
बूढीगंगा गाउँपालिका–५ सञ्चालित राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको उद्योगमा शुक्रबार बिहान २ बजेतिर आगो लागेको हो ।
आगो नियन्त्रण गर्नका लागि विराटनगर महानगपालिकासहित अन्य नगरपालिकाहरुका १२ वटा दमकल परिचालन गरिएको र नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको मोरङ प्रहरीले बताएकाे छ । आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । विद्युत सर्ट भई आगो लागेको अनुमान गरिएको छ ।
आगलागीबाट भएको क्षतिको थप विवरण आउन भने बाँकी रहेकाे मोरङ प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्