२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आफ्नो कैदी जीवनलाई देखाउँदै पल शाहको कमब्याक


8.229k
Shares

काठमाडौं । अभिनेता पल शाहले आफूले भोगेको घटनामाथि आफ्नै निर्देशन र अभिनयमा तयार पारेको म्युजिक भिडियो मार्फत कमब्याक गरेका छन् ।

उनले ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीतमाथि बनेको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरेका हुन् । उक्त गीत उनले आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

अणु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द र संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् । भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको अभिनय रहेको छ ।

भिडियोमा पलले हथकडी लगाएकोदेखि उनको रिहाइको कामना गर्दै परिवार, साथीभाई, विभिन्न धार्मिक समुदायका मानिसहरुले गरेको पूजाआजा र प्रार्थनालाई देखाइएको छ । नाबालिग बलात्कारको आरोपमा १ वर्ष जेल जीवन बिताएका शाह गत फागुन १५ गते जेल जीवनबाट मुक्त भएका थिए ।

भिडियोको स्क्रिनमा लेखिएको छ, ‘नेपालमा करिब २८ हजार कैदीबन्दी कारागारमा रहेका छन् । कोही दोषी नउम्किउन् । कोही निर्दोष नफसुन् । स्वतन्त्र न्यायपालिकाप्रति हाम्रो उच्च सम्मान ।’