
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन, विभिन्न आयोगका प्रतिवेदन र गैर–भौगोलिकसहित नौं वटा प्रदेश कमिटीहरुका अध्यक्षहरुले प्रस्तुत गर्नु भएको मिसन ग्रासरुट अभियानसम्बन्धि प्रतिवेदनबारे शुक्रबार ८ वटा समूह बनाएर छलफल सुरू गरिएको हो ।
बिहान ८ बजेबाट सुरू भएको छलफललगत्तै प्रदेश अध्यक्षहरुलाई सुझाव प्रस्तुतका लागि १० मिनेटको समय दिइएको छ ।
प्रदेश कमिटीका अध्यक्षहरुले दिएको सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बोलाइएको छ ।
स्थायी कमिटी बैठकले समूहगत छलफलबाट प्राप्त सुझावको आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ ।
यसैबीच, एमालेले शुक्रबार नै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठक शनिबार समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ । त्यसपछि अध्यक्ष ओलीको मन्तव्यसहित बैठक समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्