८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


परियोजनालाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित छः मन्त्री महत


39
Shares

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने उहाँले बताउनुभयो । प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम स्म्पतीको प्रतिफल लगायतमा छलफल चलाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । स्रोत बाँडफाँडको प्रक्रिया राष्ट्रिय स्वामित्वको हुनुपर्ने र राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नु नहुने उहाँले उल्लेख गर्नुभयो । पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी लगायतका क्षेत्रबाट नेपालले तुलनात्मक रुपमा लाभ लिन सकिने उहाँले बताउनुभयो ।

उहाँले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी क्षेत्रमा लगानी विस्तार गर्न सरकार अनुकुल वातावरण र आकर्षक दर सुनिश्चित गर्न तयार रहेको बताउनुभयो । आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि उहाँले बताउनुभयो ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एशियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र रहेको पनि मन्त्री महतले उल्लेख गर्नुभयो ।