२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार


208
Shares

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाली कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसीलाई मन्त्री नियुक्त गर्नुभएको हो । त्यस्तै, नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली मन्त्री नियुक्त हुुनुभएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार जीसीलाई आर्थिक मामिला र थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, माओवादीका जुग्जालीलाई भौतिक मन्त्रालयको जिम्मा दिइएको छ ।

नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने भनिए पनि अहिलेसम्म टुंगो लागेको छैन । नेकपा एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे यहि वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेसँगै कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादीकी सुशीला सिम्खडाले यहि वैशाख १५ गते बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई सामाजिक र अर्याललाई कृषि मन्त्रालयको जिम्मा दिनुभएकाे छ।