१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


आगामी निर्वाचनलाई लक्षित गरी कार्ययोजना बनाउने एमालेको तयारी


130
Shares

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ ।

पार्टीको जारी केन्द्रिय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा दोस्रो दिन शुक्रबार प्रदेश कमिटीहरुसहितको ८ वटा समूहले अहिले सो वार्षिक कार्ययोजनाका लागि सुझाव दिईरहेका छन । सोही सुझावको आधारमा शनिबार बिहान बोलाइएको पार्टी स्थायी समिति बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रिय कमिटी बैठकले अनुमोदन गर्ने पनि उपप्रमुख रिजालले बताउनुभयो ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन पनि प्रस्तुत गर्नु भएको छ । सोही मार्गदर्शनमा आधारित भएर सबै समूहहरुले पार्टीको वार्षिक कार्ययोजनाका लागि सुझाव दिने छन् ।

बिहीबारबाट सुरु भएको एमाले केन्द्रिय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली, विभिन्न आयोगका अध्यक्षहरु तथा प्रदेश कमिटीहरुले प्र्रस्तुत गरेको मिशन ग्रासरुट अभियानबारे विभिन्न समूह बनाएर छलफल गरिएको थियो ।

शनिबार वार्षिक कार्ययोजना पारित गर्दै अध्यक्ष ओलीको सम्बोधनसहित केन्द्रीय कमिटी बैठक सम्पन्न हुने एमालेले जनाएको छ ।