
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङविरुद्ध सुनसरीका पत्रकार आन्दोलनमा उत्रिएका छन् ।
मेयर साङपाङको अभिव्यक्ति र व्यवहारले आफूहरु असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरु आन्दोलनमा उत्रिएका हुन ।
मेयर साङपाङले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारको विरोध गर्न समर्थकलाई उक्साएको आरोप लगाउँदै महासंघले आफूहरुको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
उनीहरुले मेयर साङपाङबाट आफूहरुलाई असुरक्षा भएको भन्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।
मेयर साम्पाङविरुद्ध सुनसरी शाखको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समिति समेतले ऐक्यवद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्