
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको समीक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्ने बताउनुभएको छ ।
अध्यक्ष केसीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको बैंकर्स संघले स्वागत गरेको भन्दै बैंकिङ क्षेत्रमा देखिएका समस्या केन्द्रित भएर सन्तुलन कायम गर्ने आएको बताउनुभएको हो ।
उहाँले शुक्रबार मौद्रिक नीतिको समीक्षाका विषयमा प्रतिक्रिया दिँदै अर्थतन्त्रको चुनौति र समस्या समाधान गर्ने कोशिस गरेको बताउनुभयो । उहाँले मौद्रिक नीतिको समीक्षामा बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई समेटिएर सन्तुलन रुपमा ल्याएको बताउनुभयो । उहाँले मौद्रिक नीतिको समीक्षाले बैंकको खराब कर्जा बढ्ने, कर्जाको माग कम हुने जस्ता चुनौतिलाई समाधान गर्न विशेष जोड दिएको बताउनुभयो ।
उहाँले होटल तथा रेष्टुरेण्ट, पशुपंक्षीपालन, निर्माण क्षेत्रले दिएको बैंकको कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले कर्जा संकलनमा देखिएको समस्यालाई सहज बनाउने बताउनु भयो। उहाँले कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले अफ्ठ्यारोमा परेको उत्पादन उद्योग र निर्माणलाई मुद्दा गर्ने बताउनुभयो ।
उहाँले मौद्रिक नीतिले स्थायी तरलता सुविधा (एसएलएफ) प्रदान गर्ने बैंक दर १ प्रतिशतले घट्दा तत्काल बैंक कर्जाको ब्याजदरमा असर नपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय नीतिगत व्यवस्था अनुसार बैंकको निक्षेप र कर्जाको ब्याजदर कम हुँदै गएको बताउनुभयो ।
उहाँले डिभेन्चरको काउण्टलाई डिपोजिटमा काउण्ट गर्ने व्यवस्था पुस मसान्तसम्म पुनःसंरचना र पुनःतालिकीकरण गर्दा १०० अर्बको बैकिङ क्षेत्रलाई उपलब्ध हुनसक्ने बताउनुभयो । उहाँले १०० अर्ब रुपैयाँ बैंकिङ क्षेत्रमा आउँदा तरलतालाई सहजता आउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्