
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली चलचित्र क्षेत्रको प्रगति राष्ट्रकै लागि गौरबको विषय भएको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले सिमित स्रोत, साधन र बजारको बाबदुत पनि नेपाली चलचित्र क्षेत्रले सन्तोषजनक फड्को मारेको उल्लेख गर्दै त्यो सबैका लागि गौरबको विषय भएको बताउनुभएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित ‘एलजी सिने सर्कल अवार्ड’ समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली चलचित्रकर्मीहरुको जुझारुपन र लगनशीलताका कारण यो क्षेत्रले सम्मानजनक अस्तित्व ग्रहण गर्न सफल भएको पनि स्पष्ट पार्नुभयो ।
चलचित्र क्षेत्रलाई समाजको ऐनको रुपमा चित्रण गर्दै उपराष्ट्रपति यादवले त्यसले मुुलुकको भेषभुषा, पहिरन, संस्कृति, भाषा र इतिहासको संरक्षण तथा सम्वद्र्धन पनि गरिरहेको स्मरण गराउनुभयो । उहाँले पर्दा पछाडि रहेर चलचित्र क्षेत्रको विकासमा योगदान पु¥याउने प्राविधिक तथा कलाकारहरुलाई प्रोत्साहन गर्न सो कार्यक्रम आयोजना गरेको भन्दै एलजी सिने सर्कल अवार्ड व्यवस्थापनप्रति समेत आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपराष्ट्रपति यादवले चलचित्र क्षेत्रको चर्चित भान्से कूलबहादुर महत ‘जेठा दाई’लाई पनि सम्मान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्