२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिका पठाइदिन्छु भन्दै रकम ठगीको आरोपमा एक जना पक्राउ


0
Shares

काठमाडौं । प्रहरीले अमेरिका पठाइदिन्छु भनी रकम ठगीको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–१५ बस्दै आएका ५६ वर्षीय ओम शाक्यलाई पक्राउ गरेको हो ।

पासाङ्ग ल्हामु शेर्पालाई अमेरिका पठाइदिने भन्दै उनले १५ लाख लिएका थिए । आकर्षक रोजगारीको प्रलोभनमा पारेर शाक्यले शेर्पासँग १५ लाख लिएको पीडितको भनाइ छ ।

पीडित शेर्पाले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा शाक्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शाक्यलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको जनाइएको छ ।