२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमाले स्थायी कमिटी बैठक आज बस्दै


195
Shares

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी बैठक शनिबार बिहान बस्दैछ ।

शुक्रबार स्थगित भएको बैठक शनिबार बिहान ८ बजे ललितपुरस्थित एमाले मुख्यालयमा बस्न लागेको हो ।

पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विषयमा छलफल गरी कार्ययोजना बनाउन बैठक बस्न लागेको हो ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ ।