
काठमाडौं । नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको २२ डिएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जानकारी दिनुभयो ।
हेर्नुस् सूची :


प्रतिक्रिया दिनुहोस्