२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राजनीतिज्ञ राघवसँग अभिनेत्री परिणितीको आज इन्गेजमेन्ट हुँदै


481
Shares

एजेन्सी । भारतीय राजनीतिज्ञ राघव चड्डासँग अभिनेत्री परिणिती चोपडाको शनिबार इन्गेजमेन्ट हुने भएको छ ।

आम आदमी पार्टीका राज्यसभा सांसद राघव र परिणितीले नयाँ दिल्लीमा इन्डिया गेट नजिकको कपुरथला हाउसमा साँझ ५ बजे इन्गेजमेन्ट गर्ने भएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार शिख परम्परा अनुसार इन्गेजमेन्ट हुन लागेको हो ।

केही दिनदेखि नै यसका लागि भव्य रूपमा तयारी भएकाे थियो । बहिनी परिणितीको इन्गेजमेन्ट समारोहमा सहभागी हुन अभिनेत्री प्रियंका चोपडा शुक्रबार नै दिल्ली पुगेकी छन् ।

कपुरथला हाउस दिल्लीको कपुरथलाका महाराजाको पूर्वनिवास हो । भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित पञ्जाबका मुख्यमन्त्रीको निवास कपुरथला हाउस हाल राज्य सरकारको अधिनमा रहेकाे छ ।

राघव र परिणितीको यही किल्लामा इन्गेजमेन्ट हुने भएको छ । जसमा बलिउडदेखि राजनीतिक जगतसम्मका पाहुना सहभागी हुने भएका छन् । जहाँ करिब १ सय ५० जना पाहुना उपस्थित हुने जनाइएकाे छ ।

राघव र परिणितीको प्रेम सम्बन्धकाे बारेमा हल्ला गत महिनादेखि सुरु भएको थियो । परिणिती अभिनित पछिल्लो फिल्म ‘उचाई’ ले व्यवसायिक रुपमा राम्रो कमाई गरेको थियो। उक्त फिल्मको नेपालमा छायांकन गरिएको थियो ।