
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका –४ स्थित धौलागिरि हिमालको आधार शिविरमा विगत ७ महिनादेखि बेपत्ता भएकाको शव फेला परेको छ ।
फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा–१ बस्ने २७ वर्षीय देव लामाको रहेको शवको खोजीमा आधार शिविर पुगेका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभएको हो ।
शवको खोजीमा शेरचनसहित तीन दिनअघि नेपाली सेनाका दुईजना र लामाका आफन्त एकजना गरी चारजनाको टोली आधार शिविर पुगेका थिए । दुई दिनसम्मको खोजी कार्यमा पाँचहजार मिटर उचाईमा रहेको फ्रेन्च पास आधार शिविरमा शव फेला परेको शेरचनले जानकारी दिनुभयो ।
लामा फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत् विदेशी पर्यटक लिएर गत असोज २० गते धौलागिरि आधार शिविर पुग्नुभएको थियो । हिउँपहिरोमा परी लामा बेपत्ता हुनुभएको थियो ।
शवलाई हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्