७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


थप ३७ जनामा कोरोना संक्रमण


91
Shares

काठमाडाैं । देशभर थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार ४ सय १४ जनाको नमूना परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शनिबार १४ जना संक्रमित निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।