२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


‘कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल सुरक्षाफौज हटाउनु पर्छ’


767
Shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताउनु भएको छ ।

राष्ट्रियसभाका सांसदसमेत रहेका नेता गौतमले भारतले नेपालका धेरै भूगोल मिचेको दावी गर्दै त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तर्राष्ट्रिय कानूनले पनि सहयोग गर्ने स्पष्ट गर्नुभयो ।

नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्सामा समावेश गरेको विश्वलाई जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने बताउनुभयो ।

सांसद गौतमले नेपाल कहिल्यै कसैको अधिनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भूभागहरु फिर्ता लिएरै छोडने अडान दोहोर्‍याउनु भयो ।