१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


सिन्धुलीगढी हराभार बनाउन सरसफाई अभियान


221
Shares

काठमाडाैं । सिन्धुली जिल्लामा अवस्थित ऐतिहासिक सिन्धुलीगढी हराभार बनाउन सरसफाई अभियान थालिएको छ ।

सिन्धुलीस्थित डिभिजन वन कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय सिन्धुली, कमलामाई नगरपालिका सिन्धुलीको समन्वयमा सरसफाई गरिएको हो ।

वीपी राजमार्ग सरसफाई अभियान अन्र्तगत सरोकारवालाहरुको सहभागितामा सिन्धुली गढी परिसरमा सरसफाइका साथै विभिन्न जातका बिरुवा रोप्ने र फुलका गमला सजाउने काम भएको छ ।

यसकार्यसगै सिन्धुलीगढी अवलोकन तथा सिन्धुलीगढीमा अवस्थित नेपाली सेनाको युद्धकला संग्राहलय अवलोकन गर्न आउने पर्यटकहरुले मनोरंजन लिन पाउने भएका छन् ।