१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ


936
Shares

सर्लाही । सर्लाहीको बरहथवा–५,चोर्निया पुलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । गोडैता नगरपालिका–११ का २२ वर्षीय अजय सहनी र गोडैता ८ का ३२ वर्षीय ताजबावु दर्जीलाई पक्राउ गरिएको हो ।

जिल्लाको मधुवनबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसबाट लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बरहथवामा सार्वजनिक गरिएको हो ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको मधुवन गाउँबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय बरहथवा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सुन्दरपुर चोहडवाको संयुक्त टोलीले गाडी चेकजाँच गर्ने क्रममा सहनीको साथबाट लागूऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।