१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


लगातार तीन बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट हटाउने एमालेको निर्णय


3.965k
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको तीन बैठकमा लगातार अनुपस्थित भए केन्द्रीय कमिटीबाट हटाउने निर्णय गरेको छ ।शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो ।

जानकारी पाएर पनि ३ पटकसम्म पार्टीको बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निर्णय एमालेले गरेको हाे ।

सूचना पाएर पनि पार्टीको बैठकमा लगातार ३ पटक अनुपस्थित रहनेहरूलाई कमिटीबाट हटाउने निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनु भयाे ।

उहाका अनुसार बैठकमा आउने तर काम नगर्नेलाई निश्चित समयसम्म काममा लाग्न प्रेरित गर्ने, सुधार नभए कमिटीबाट बिदा गर्ने निर्णय पनि भएकाे छ ।