८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दिउँसाे र राति आज वर्षा हुने


8.008k
Shares

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा समेत भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आइतबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। साथै देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको समेत सम्भावना रहेको छ।

आइतबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी प्रदेश तथा गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।