
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आइतबार पनि बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा छलफल भइरहेको हो। छलफलमा समसामयिक राजनीतिक अवस्थाकाे बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरु समेत मुछिन थालेपछि प्रमुख दलका शीर्ष नेताहरुबीच पटक–पटक छलफल भइरहेको छ । ती भेटमा छलफल भएका विषय भने सार्वजनिक गरिएको छैन । आइतबारको छलफलमा पनि संसदमा विचाराधिन विधेयकहरु, सरकारको नीति तथा कार्यक्रम र बजेटकाे बारेमा छलफल हुने सतही प्रतिक्रिया नेताका सचिवालयबाट आएका छन् ।
यसअघि तीन दलका शीर्ष नेताहरुमात्र पटक–पटक छलफलमा बस्दा शंका उत्पन्न भएको भन्दै रास्वपाका सभापति रवि लामिछानेले गुनासो गर्नुभएको थियो । शीर्ष नेताहरुको बैठक शंकास्पद भन्दै नागरिक तहमा पति तीव्र असन्तुष्टी बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्