
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–४ मा शनिबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बागमती प्रदेश–०६–००१ प २९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भरतपुर महानगरपालिका–२६ का ३६ वर्षीय दिपेन्द्रराज गिरीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्